सुनको अन्तर्राष्ट्रिय बजारमा भारी गिरावट आउँदा नेपाली बजार कता ?

डिसी नेपाल
१६ मंसिर २०७७ १३:५६

काठमाडौं। कोरोना भाइरस (कोभिड १९) को विश्वब्यापी संक्रमण बढ्दै जाँदा अहिलेसम्मको उच्च विन्दुमा कारोवार भएको सुनको मूल्य विभिन्न मुलुकद्वारा खोप आउन लागेको समाचर सार्वजनिक भएसँगै ओरालो लागेको छ। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य केही बढेपनि निरन्तर उकालो लागेको सुनको मूल्य पछिल्लो सातादेखि घटिरहेको छ।

गत साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च वन्दु प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो। त्यसभन्दा पछि सुनको भाउ स्थिर रहे पनि पछिल्लो समया भने भारी गिरावट आँउदै गएको छ। साताको पहिलो दिन आइतबार छपावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो।

सोमबारका लागि नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ७०० रुपयाँ घटेर ९० हजार निर्धारण गरिएको थिायो। यस्तै साताको तेस्रो दिन भने तोलामा ५०० रुपयाँ बढेर प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै पछिल्लो समय चाँदी पनि घट्ने क्रम जारी छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको छ।

विश्व शक्ति राष्ट्रहरु अमेरिका, चीन, रुस, बेलायत, भारत लगाएत देशहरुले कोरोना भाइरसको भ्याक्सिन तयारमा लगभग सफलता पारेको र कैयौं कम्पनिहरु अन्तिम चरणमा रहेको समाचार प्रत्येक दिनजसो सार्वजनिक भएको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेको ब्याबसायीहरु बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएर विगत ४ वर्षयताकै न्यूनतम विन्दूमा पुगेको छ। कोरोनाभाइरसको भ्याक्सिन विकास अन्तिम चरणमा पुगेसँगै अर्थतन्त्रमा सुधारको संकेत देखिँदा सुनको मूल्यमा गिरावट आएको हो। अन्तर्राष्ट्रिय बजारमा सोमबार स्पट गोल्डको मूल्यमा १.२ प्रतिशतले गिरावट आएर १७६६.२६ डलर प्रतिऔंसमा झरेको छ।

यो महिनामा सूनको मूल्यमा कूल ५.९ प्रतिशतले गिरावट आएको छ। एक औंसमा २८.३५ ग्राम वा २.४३ तोला हुन्छ। यो गिरावट विगत ४ वर्षयताकै सर्वाधिक हो। यसअघि नोभेम्बर २०१६ मा सुनको मूल्यमा यस्तै गिरावट आएको थियो। अमेरिकी बजारमा सुनको मूल्यमा ०.५ प्रतिशतले गिरावट आएर १७७२.६० डलर प्रतिऔंसमा झरेको छ।

विश्व शक्ति राष्ट्रहरु अमेरिका, चीन, रुस, बेलायत, भारत लगाएत देशहरुले कोरोना भाइरसको भ्याक्सिन तयारमा लगभग सफलता पारेको र कैयौं कम्पनिहरु अन्तिम चरणमा रहेको समाचार प्रत्येक दिनजसो सार्वजनिक भएको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेको ब्याबसायीहरु बताउँछन्। अमेरिकाले पत्ता लगाएको भ्याक्सिन ९० प्रतिशतसम्म सफल भएको दावी गरिएको छ।

जसको असर नेपाली बजारमा पनि परेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भारी गिरावट आएसँगै नेपाली बजारमा पनि गिरावट आएको बताउँछन् नेपाल सुनचाँदी व्यबसायी महासंघका अध्यक्ष मोहन सुनार बताउँछन्।

कोरोना भाइरसको भ्याक्सिनको सहज उपलब्धता हुने सम्भावना बढ्दै गएको र अन्तर्राष्ट्रिय बजारमा पनि सुनकाे मूल्यमा भारी गिरावट आएका कारण नेपालमा पनि सुनको मूल्य केही घट्न सक्ने जानकारहरुको बुझाइ छ।

किन बढेको थियो सुनको मूल्य ?

सुन व्यवसायी तेजरत्न शाक्यका अनुसार कोरोना भाइरस (कोभिड १९) को महमारीले सिंगो वश्वलाई आक्रान्त बनाउँदा धेरै मूलुकले भाइरस नियन्त्रण गर्न लकडउन गरे।

लकडाउनलई भाइरस नियन्त्रणको एउटै अस्त्रको रुपमा लिदाँ पुरै अर्थतन्त्रको चक्रनै भत्किने र अर्थतन्त्रमा ठूलो मन्दी आउने आँकलन गरिएको थियो।

जसकारण सुनको मूल्य आकासिन पुग्यो। महामारीका बीचमा पछिल्लो समय अमेरिका र चीनबीचमा जारी द्वन्दका कारण पनि सुन बजार प्रभावित हुन पुगेको हो।

कस्तो छ त व्यबसाय?

कोरोना महामारीका बीचमा सरकारले जारी गरेको लकडाउनका कारण सुनचाँदी व्यवसाय चौपट भए पनि अहिले भने केही पुर्नजीवन पाएको व्याबसायीहरु बताउँछन्।

खासगरी मङ्सिर महिनामा विवाहाका कार्यक्रम धेरै हुने र सुन बजार पनि केही सस्तिएका कारण चहलपहल बढेको छ। सुनको मूल्यमा आएको गिरावटले अहिले बजारमा ग्राहकको आकर्षण बढेको छ भने कारोवार पनि कही मात्रामा बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *