उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा हिराचन

डिसी नेपाल
१६ मंसिर २०७७ १७:१९

काठमाडौं। सकुन्तलाल हिराचन नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निर्वाचित भएका छन्। महासंघको विधानअनुरूप सोमबार कोषाध्यक्ष पदको निर्वाचन भएको थियो। मंगलबार प्राप्त निर्वाचन परिणाम अनुसार हिराचन विजयी भएका हुन्।
महासंघको विधानअनुसार कार्यकारिणी समितिका व्यक्तिले मात्र कोषाध्यक्षलाई मतदान गर्ने व्यवस्था छ। निर्वाचित कार्यकारिणी समिति सदस्य हिराचन प्रतिष्पर्धी डीबी बस्नेतलाई पराजित गर्दै कोषाध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै महासंघको कार्यकारिणी समिति बैठकले विशिष्ट सदस्यमा महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका र मानार्थ सदस्यमा किशोरकुमार प्रधानलाई मनोनित गरिसकेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *