मंसिर २२ मा विवाह गर्दै रमेश प्रसाई र नन्दा
![मंसिर २२ मा विवाह गर्दै रमेश प्रसाई र नन्दा](https://www.dcnepal.com/wp-content/uploads/2020/12/चबफभकज.jpg)
काठमाडौँ । पब्लिक स्पीकर नेपाल २ बिजेता एवम् गायक रमेश प्रसाईले विहे गर्ने भएका छन् । रमेशले यही मंसिर २२ गते विहे गर्ने तय भएको उनका साथी जीवन विष्टले सामाजीक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।
रमेशले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गर्न लागेका हुन् ।
रमेशका साथी जीवनले भने जुनु तामाङसँग गर्दैछन् । रमेश र जीवन सँगै बस्दै आएका छन्। उनीहरुले एकै मण्डपमा एकै दिन धरानबाट विहे गर्ने निर्णय गरेका छन् । उनले दुबैको संयुक्त विहेको निमन्त्रणा पत्र समेत सार्वजनिक गरेका छन्।
पछिल्लो समय रमेश ‘रिंकेबुङको राँगो’बोलको गीतका कारणले चर्चामा रहेका छन् ।
मङ्सिर १७ रमेश प्रसाईं काठमाण्डौ र २२ गते जीवन बिस्ट धरानबाट विवाह गर्ने सम्झौता भएता पनि १४ वर्ष लामो हाम्रो मित्रताको…
Posted by Zeewan Bista on Tuesday, December 1, 2020
Facebook Comment