विश्वमा कोरोना : फ्रान्समा अप्रिलदेखि जुन२०२१ सम्म भ्याक्सिन अभियान चलाइने, उत्तर अमेरिका बढी प्रभावित

डिसी नेपाल
१७ मंसिर २०७७ ७:१६

काठमाडौं। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले जुन २०२१ सम्म देशमा राष्ट्रिय स्तरमा भ्याक्सिनेश क्याम्पियन चलाउने घोषणा गरेका छन्। यो क्रममा सबै जनतासमक्ष सरकारी भ्याक्सिन पुर्याउने उनले घोषणा गरेका हुन्।

म्याक्रोंले भने, ‘२०२१ को सुरुवातमा उच्च जोखिममा रहेका मानिसलाई भ्याक्सिन लगाइने छ। त्यसमा डक्टर्स, नक्र्स, प्रहरी र जनतासँग दैनिक सम्पर्कमा रहने सरकारी कर्मचारीलाई सहभागी गराइने छ। आम जनताका लागि भ्याक्सिन क्यान्पियन चलाइने छ। यो अभियान अप्रिलमा सुरु गरिनेछ। यो अभियानका क्रममा सबैलाई भ्याक्सिन लगाइनेछ,’ उनले भने।

पछिल्लो २४ घण्टाको तथ्यांक हेर्ने हो भने युरोपमा भन्दा उत्तर अमेरिकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ। युरोपमा सोमाबार र मंगलबारको बीचमा १ लाख ५३ हजार संक्रमित थपिएका छन् भने उत्तर अमेरिकामा १ लाख ७८ हजार नयाँ संक्रमित थपिएका छन्। एशियाका ४९ देशमा कुल १ लाख १६ हजार नयाँ संक्रमित थपिएका छन्।

हाल विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ३७ लाख पुगेको छ। ती मध्ये ४ करोड ४१ लाख भन्दा धेरै निको भइसकेका छन् भने अहिलेसम्म १४ लाख ७७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।

सबैभन्दा धेरै संक्रमित रहेको मुलुक अमेरिकामा एक करोड ३ लाख भन्दा धेरै संक्रमित पुगेका छन्। अमेरिकामा २ लाख ७४ हजार ३३२ जनाको मृत्यु भइसकेको छ भने ८२ लाख २२ हजार ८७९ जना निको भएका छन्।

दोस्रो नम्बारमा रहेको भारतमा ९४ लाख ६३ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा हालसम्म १ लाख ३७ हजार ६५९ जनाको मृत्यु भएको छ भने ८८ लाख ८८ हजार ५९५ जना निको भएका छन्।

तेस्रो नम्बरमा रहेको ब्राजीलमा ६३ लाख ३६ हजार २६७ जना संक्रमित भएका छन् भने १ लाख ७३ हजार १६५ जनाको मृत्युभ एको छ। त्यहाँ ५६ लाख १८ हजार चार जना निको भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *