राष्ट्र बैंकले २८ दिनका लागि बैंकहरुबाट ५० अर्ब निक्षेप संकलन गर्दै
काठमाडौं। बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ।
बैंकले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्था यतिबेला एक खर्ब ८६ अर्ब रुपैयाँ हाराहारीमा अधिक तरलता रहेको र अधिक तरलता भएपछि राष्ट्र बैंकले २८ दिनका लागि बैंकहरुबाट ५० अर्ब तरलता उठाउन लागेको जनाएको छ।
केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको हो। पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आहृवान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ। केन्द्रीय बैंकले उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ।
बैंकको सूचनामा बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने उल्लेखछ। निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्।
Facebook Comment