थप १३४३ जनामा कोरोना पुष्टि, २१११ डिस्चार्ज

काठमाडौं । बिहिबार नेपालमा थप १ हजार ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार १११ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५५१ पुगेको छ।
यस्तै हालसम्म ५७६ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment