शेयर बजारः कारोबार बढ्यो, नेप्से घट्यो
काठमडौं। शेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसुचक घटेको छ। बुधवारको तुलनामा बजार १५ दशमलव ५७ अंकले घटेर २ हजार ५५ दशमलव ४५ विन्दुमा पुगेको छ।
नेपाल धितोपत्र मापक नेप्सेका अनुसार बिहीबार कुल २०० कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५ सय ६० कित्ता शेयर खरिद बिक्रि हुँदा ८ अर्ब २ करोड ६० लखमाथिको कारोबारो भएको छ। बुधवारको तुलनामा कारोबार भने बिहीबार बढेको छ।
बिहीबार सबैभन्दा बढि कारोबारो नेपाल पुनर्बीमा कम्पनीको भएको छ। कारोबारमा आएका दुई समूह बाहेक अन्य सबै समूह घटेका छन्। यस्तै बिहीबार सबैभन्दा धेरै एभेरेष्ट इस्योरेन्सको प्रमोटर शेयर, अपर तामाकोशी लगाएतले कमाएका छन्। साथै बिशाल बजारका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।
प्रतिक्रिया
Facebook Comment