नेकपा विवादबारे ईश्वर पोखरेलको मध्यराति ट्वीट
काठमाडौं। सत्तारुढ दल नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मध्यराति एक ट्वीट गरेका छन्। उनको ट्वीट पार्टीको आन्तरिक विवादसँग सम्बन्धित छ।
उनले संकट मध्यरातपछि बिहानी प्रारम्भ हुने भन्दै पार्टीको विवाद समाधान हुने संकेत गरेका छन्। उनले लेखेका छन्, नेकपाभित्रको अहिलेको स्थितिलाई अनेक कोणबाट हेरिरहेकाहरूले बुझ्दा हुन्छ ( शंकटको मध्यरातपछि बिहानी प्राम्भ हुन्छ।
सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद चर्किएको छ। नेकपाको सचिवालयमा दुई अध्यक्षका छुट्टाछुट्टै राजनीतिक प्रस्ताव विचाराधीन छन्। प्रचण्डले ओलीलाई त्याग गर्न भनेका छन् भने ओलीले त्याग नगर्ने बताएका छन्।
नेकपाभित्रको अहिलेको स्थितिलाई अनेक कोणबाट हेरिरहेकाहरूले बुझ्दा हुन्छ – शंकटको मध्यरातपछि बिहानी प्राम्भ हुन्छ !
— Ishwar Pokhrel (@IshwarPokhrel) December 3, 2020
उपप्रधानमन्त्री पोखरेल प्रधानमन्त्री ओली निकट मानिन्छन्। उनले मध्यराति ट्वीट गर्नुले नेकपा नेताहरुलाई पार्टीको विवादले तनाव दिएको बुझ्न सकिन्छ।
Facebook Comment