७३ तोला अवैध चाँदीसहित २ जना पक्राउ

डिसी नेपाल
२१ मंसिर २०७७ १७:३२

कपिलवस्तु । कपिलवस्तुमा ७३ तोला अवैध चाँदीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वाणगंगा नगरपालिका २ लखनचोकस्थित सडकबाट करिब ७३ तोला अवैध चाँदी, १ थान जैन पेपर, १२ पिस कपासको पुडिया, ४८ पीस सेतो रातो पत्थर र नगद ९६ हजार रुपैयाँ सहित शनिबार २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेवी गाउँपालिका ५ का २२ वर्षीय उमेश सुनार र रुपन्देही सिद्धार्थनगर नगरपालिका १३ का २६ वर्षीय सुगम पुन रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले लु५५ प ६१५९ नम्बरको स्कुटर जाँच गर्दा स्कुटीमा सवार सुनारले बोकेको झोलामा उक्त चाँदी समेतका सामान फेला पारी मोटरसाइकल चालक पुन समेत दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई राजश्व कार्यालय पठाइने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *