नेकपा स्थायी कमिटीमा जनार्दनको प्रस्तावः गणतन्त्र विरोधी सक्रिए भए, सर्वदलीय छलफल गरौं
काठमाडौं। नेकपा स्थायी कमिटीको बैठकमा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले देशमा गणतन्त्र विरोधीहरु सक्रिए भएको भन्दै त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने प्रस्ताव राखेका छन्।
आइतबार बसेको स्थायी कमिटी बैठकमा लिखित प्रस्ताव पेश गर्दै शर्माले देशमा गणतन्त्र विरोधी सक्रिए भएकाले गणतन्त्र पक्षधर सबै दलको बैठक बसेर कमिकमजोरीहरु सच्याउनु पर्ने प्रस्ताव गरेका छन्।
हाल देशमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शनहरु भइरहेका बेला शर्माको उक्त प्रस्ताव पार्टीमा आएको हो। शर्माले नेकपा नेतृत्वको सरकारले देशको नामबाट लोकतान्त्रिक संघीय गणतन्त्र हटाउँदा गणतन्त्र विरोधीलाई सहज भएकोसमेत टिप्पणी गरेका छन्।
उनले गृह प्रशासनले गणतन्त्र पक्षधरमाथि कडाई र गणतन्त्र विरोधीमाथि नरमपन देखाएकोसमेत आरोप लगाएका छन्।
Facebook Comment