नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक सकियो, व्यापार र पारवहन सन्धिको समीक्षा
काठमाडौं। दुई दिनसम्म संचालित नेपाल–भारत अन्तरसरकारी समितिको सचिवस्तरीय बैठक आज सम्पन्न भएको छ। बैठकमा व्यापार र पारवहन सन्धिको समीक्षाका साथै व्यापारिक संरचना र पूर्वाधारको निर्माण र लगानीको अभिवृद्धिका विषयमा छलफल भएको छ । बैठकको नेतृत्व दुवै देशका वाणिज्य सचिवहरूले गरेका थिए । बैठकमा द्विपक्षीय एजेण्डाको प्रगतिबारे समीक्षा भएको छ । अनाधिकृत व्यापार नियन्त्रणका विषयमा पनि छलफल भएको छ ।
Meeting of India-Nepal Inter-Governmental Committee on Trade & Transit concludes with both sides reviewing progress made on wide-ranging bilateral agenda incl review of treaties of trade & transit, development of trade infrastructure & investment promotions: Indian Embassy, Nepal pic.twitter.com/BiEGnvOszc
— ANI (@ANI) December 7, 2020
पछिल्लो समय भारतले नेपालका भूभाग समेत आफ्नो नक्साभित्र समेटेर आफ्नो राजनैतिक नक्सा जारी गरेर सुरु भएको विवाद निकै चर्किएको थियो । भारतले लिपुलेकमा नेपाली भूमि हुँदै सडक निर्माण गरेपछि नेपालले आफ्नो भूभाग समेटिएको नयाँ नक्सा जारी गरेको थियो । यससँगै दुई देशबीच चिसिएको सम्बन्धमा सुधारको संकेत देखिएको छ । यही सुधारको क्रममा यो बैठक भएको हो ।
अन्तर सरकारी समिति (आइसीजी) दुई देशबीच व्यापार तथा लगानीलाई प्रवद्र्धन गर्ने प्रमुख द्विपक्षीय संयन्त्र मानिन्छ । बैठकमा व्यापार तथा पारवाहन सन्धिको पुनरावलोकन, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवद्र्धनका लागि भएका पहल तथा प्रयासबारे समेत छलफल भएको बताइएको छ । वाणिज्य मन्त्रालयका अनुसार संयुक्त बिजनेस फोरमको गठन र दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामन्जस्यता कायम लगायतका विषयमा छलफल भएको छ।
Facebook Comment