नामिबियाका संस्थापक राष्ट्रपतिलाई कोरोना सङ्क्रमण
![नामिबियाका संस्थापक राष्ट्रपतिलाई कोरोना सङ्क्रमण](https://www.dcnepal.com/wp-content/uploads/2020/12/nujoma.jpg)
विन्टहुक(एजेन्सी) । नामिबियाका संस्थापक राष्ट्रपति साम नुजोमा सोमबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
बर्तमान राष्ट्रपति हेज गेइन्गोबले उनलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
“उहाँ सङ्क्रमित भएको खबरले दुःख लागेको छ, म उहाँको शीघ्र स्वास्थ लाभको कामना गर्दछु,” राष्ट्रपति हेजले भनेका छन् ।
संस्थापक राष्ट्रपति नुजोमालाई आइतबार अस्पताल भर्ना गरिएको र कोरोना परीक्षण गर्दा सङ्क्रमण देखिएको पनि उनले उल्लेख गरेका छन्।
उनको अवस्था स्थिर रहेको र सुधार हँुदै जाने लक्षणहरु देखिएको पनि राष्ट्रपति हेजले जानकारी दिएका छन् ।
उनले संस्थापक राष्ट्रपति नुजोमाको स्वास्थ्य अवस्थाका बारेमा निरन्तर जानकारी गराइने पनि स्पष्ट पारे ।
संस्थापक राष्ट्रपति नुजोमा सन् १९९० देखि २००५ सम्म नामिबियाको नेतृत्व गरेका थिए ।
Facebook Comment