सेयर बजारमा उतारचढाव जारी, ९ दशमलव ०४ अंकले घट्यो बजार

डिसी नेपाल
२३ मंसिर २०७७ १७:०२

काठमाडौँ । साताको तेस्रो दिन मंगलवार धितोपत्र मापक नेप्से परिसूचक ९ दशमलव ०४ अंकले घटेको छ। कारेबारोको सुरुवाती समयमा बजार केही बढेपनि अन्तिम समयमा घट्दै १ हजार ९९५ दशमलव ३५ विन्दुमा झरेर बन्द भयो।

साताको पहिलो दिन आइतवार नकारात्मक सर्किट ब्रेक लगेर बन्द भएको नेप्से सोमवार भने ७२ दशमलव २८ अंकले बढेको थियो । तर मंगवार भने बजार करेक्सन भयो।

सोमवारको तुलनामा मंगलवार कारोबार रकममा पनि कमि आएको छ। सोमवार रू ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार बराबरको सेयर कारोबार भएकोमा मंगलवार रू ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार बराबरको कारोबार भएको हो।

मंगलबार २०२ कम्पनीको १ करोड २५ लाख ६६ हजार ९६१ कित्ता सेयर कारोबार भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *