गोही प्रजनन केन्द्रको भालेमा समस्या, यस वर्षको सबै अण्डा खेर गयो
चितवन। चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रको एक मात्र भालेमा वीर्य उत्पादन क्षमतामा समस्या आएको छ।
प्रजन्नका लागि राखेको एक मात्र भाले गोहीको विर्य उत्पदनमा समस्या आएपछि यस वर्ष बच्चा कोरल्न सकेको छैन ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा प्रजनन केन्द्रका विज्ञ वेदवहादुर खड्काले एक मात्र भाले गोहीमा प्रजनन क्षमतामा समस्या आएपछि तीनसय अण्डा खेर गएको बताए।
प्रजनन्को लागि योग्य भएमा ११ वटा पोथी घडियाल गोही छन् । ती गोहीले फुल पार्दछे । ती फूलमा भालेको वीर्य अंकित दाग देखिदैन सहायक संरक्षण अधिकृत खड्काले भने ‘यस वर्ष तीनसय वटा अण्डा खेर गएको छ।’ उनका अनुसार पाँच वर्ष अगाडि पनि एक पटक सवै अण्डा खेर गएको थियो।
गोही कछुवा र गिद्ध विज्ञका रुपमा रहेका खड्काले भने ‘यो भाले घडियालको प्रजनन् क्षमता समस्या आउन थालेको केही वर्ष भएको छ ।’ पारेको सवै अण्डामा वीर्यको दाग देखिँदैन उनले भने। भालेको वीर्य नपरेको अण्डाबाट बच्चा निस्कँदैन। प्रजनन्का लागि राखिएको भालेमा नै समस्या आएपछि यहाँबाट गोहीको नयाँ बच्चा उत्पादन हुन नसक्ने जानकारी दिए।
भाले लाग्ने वेलामा पानीभित्र पोथीसँग समागम गर्ने गर्दछ । पानीभित्र कुनै पनि क्रिया गरेको पाँइदैन उनले भने। अण्डा देखिन्छ तर भाले लागेको पाइँदैन । भालेको वीर्यमा समस्या देखिएको विषयमा वन्यजन्तु संरक्षण विभागमा पत्राचार गरी जानकारी गराइएको छ। अव यस विषयमा अध्ययन जरुरी छ अधिकृत खड्काले भने।
चार वर्षदेखि थोरै अण्डामा वीर्यको मात्रा देखिएको थियो। हामीले यस विषयमा निगरानी राख्दै आएका थियौ यस वर्ष भालेको वीर्य नभएपछि कुनै पनि अण्डाबाट बच्चा निस्कन सकेन खड्काले भने।
पोथीको तुलनामा भाले मोटो भएको हुनसक्ने भन्दै खानेकुरा कम दिन थालिएको थियो। त्यसबाट पनि राम्रो संकेत देखिएन अव यो भाले घडियालको वीर्यको जाँच गरेपछि विकल्प खोज्नुपर्ने देखिन्छ उनले भने।
लोपाेन्मुख जन्तुको रुपमा रहेको घडियाल गोही निकुञ्जको मुख्यालय कसरामा घडियाल गोही प्रजनन् केन्द्र स्थापना गरिएको थियो। प्रजन्नका लागि योग्य भएका पोथी घडियाल भालेसंगै राखिने गरिएको छ । घडियाल गोही लोप हुन थालेपछि निकुञ्जको कसरामा प्रजनन् केन्द्र स्थापना गरि उत्पादन गरिँदै आएको छ। यहाँ उत्पादन गरिएको घडियाल गोही चितवनको नारायणी, राप्ती, कर्णाली लगायतका नदीमा छाडिदै आएको छ। अहिले यस प्रजनन् केन्द्रमा ६५६ वटा घडियाल गोही रहेको खड्काले जानकारी दिए। गाेरखापत्र दैनिकबाट
Facebook Comment