अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिनको फेज–३ ट्रायलको पूर्ण नतिजा प्रकाशित

डिसी नेपाल
२४ मंसिर २०७७ १०:२७

काठमाडौं। अक्सफोर्ड विश्वविद्यालय र फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विकास गरेको कोरोनाभाइरस सुरक्षित र प्रभावकारी देखिएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिनको फेज–३ ट्रायलको पूर्ण नतिजाको अध्ययनपछि अनुसन्धानकर्ताहरुले मंगलबार वैज्ञानिक जर्नल द ल्यान्सेटमा प्रकाशन गरेको रिपोर्टमा भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको पुष्टि गरिएको छ । २० हजार जना स्वयंसेवकमा गरिएको ट्रायलको नतिजा प्रकाशित गरिएको हो ।

कुनै पनि कोरोनाभाइरसविरुद्ध विकसित भ्याक्सिनको फेज–३ ट्रायलको पूर्ण नतिजा प्रकाशित भएको यो पहिलो पटक हो । अन्य केही भ्याक्सिनहरुले आपतकालीन प्रयोगको लागि स्वीकृति पाएको भए पनि ती भ्याक्सिनको फेज ३ ट्रायलको नतिजा प्रकाशित भएको छैन ।

द ल्यान्सेटमा प्रकाशित शोधपत्रमा भ्याक्सिन ७० प्रतिशत केसहरुमा प्रभावकारी रहेको देखिएको छ । बेलायतमा भने यसअघि नै भ्याक्सिनेसन सुरु भइसकेको छ । मंगलबार बेलायतमा फाइजरको भ्याक्सिन दिन सुरु गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *