विवेकशील साझा पुनर्मिलनः मिश्र अध्यक्ष, पाण्डे संयोजक

डिसी नेपाल
२४ मंसिर २०७७ १६:१२

काठमाडौं। विवेकशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण भएको छ। बुधबार भर्चुअल माध्यमबाट मिश्र र पाण्डेले संयुक्त रुपमा पार्टी एकिकरणको घोषण गरेका छन्। नयाँ पार्टीमा महाधिवेशन नहुन्जेल मूल नेतृत्वमा एक अध्यक्ष र एक संयोजक रहनेछन्। साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डे संयोजक रहनेछन्। कार्यकारी अधिकार दुवैलाई हुनेछ। वरीयतामा भने मिश्र पहिलो र पाण्डे दोस्रो हुने सहमति भएको छ।

एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा’ राखिएको छ। विवेकशील साझाले विगत चुनावमा प्रयोग गरेको झन्डा, चुनाव चिह्न नै कायम हुनेछ। कार्यालय पनि बखुन्डोलमै रहने छ। सामाखुसीस्थित विवेकशीलको कार्यालयलाई चाहिँ प्रदेशहरूको सम्पर्क कार्यालयमा रूपान्तरण गर्ने भएका छन्।

पार्टी एकीकरणमा बोल्दै अध्यक्ष रविन्द्र मिश्रले विवेकशीलसाझा वैकल्पिक नभई निर्विकल्प पार्टीका रुपमा स्थापित हुने बताएका छन्।

वैकल्पिक राजनीति गर्ने भन्दै आएका विवेकशील साझा यसअघि पनि एकीकरण गरेर फुटिसकेका पार्टी हुन्। एकीकरण गरेर पार्टी राम्ररी बनिनसक्दै २०७५ पुस २७ मा पार्टी फुटेको थियो।

एकीकरणपछि दुवै पार्टीका ६५–६५ जना रहने गरी १ सय ३० सदस्यीय केन्द्रीय समिति गठन भएको छ। केन्द्रीय सचिवालय दुवै पार्टीबाट १३–१३ जना गरी २६ जनाको हुने हुने भएको छ। केन्द्रीय समिति बैठकको आह्वान र एजेन्डा तय भने अध्यक्ष र संयोजकको सहमतिमा गर्ने भएका छन्।

विवेकशीलका २ पदाधिकारीसहित १३ नेता साझा पार्टीसँगको एकीकरणमा सहभागी भएनन्।

यस्तो छ विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण घोषणापत्र:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *