मन्त्री नेम्वाङसँग रुसी प्रतिनिधि मण्डलको भेटवार्ता

डिसी नेपाल
२४ मंसिर २०७७ २३:१५

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग रुसी प्रतिनिधि मण्डलले आज शिष्टाचार भेटवार्ता गरेकोे छ ।

मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप रुसले तयार गरेकामा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गरे ।

भेटमा प्रतिनिधिमण्डलले पूर्वपश्चिम विद्युतीय रेलमार्ग र राजधानी काठमाडौँमा निर्माण गर्ने भनिएको ‘मेट्रो प्रोजेक्ट’ मा लगानी गर्न रुस इच्छुक रहेको बताएको मन्त्रालयले जनाएको छ । ती परियोजनाबारे हालसम्म भएका प्रगतिका विषयमा मन्त्रालयका अधिकारीले उनीहरुलाई जानकारी गराए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *