थप १२१७ जनामा कोरोना पुष्टि

काठमाडौँ । बिहिबार नेपालमा थप १ हजार २१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६६३ पुगेको छ।
यस्तै हालसम्म ५१५ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment