हप्तामा दुई दिन सार्वजनिक विदा दिने प्रस्ताव (प्रतिवेदनसहित)

डिसी नेपाल
२५ मंसिर २०७७ १९:३२

काठमाडौं। हप्ताम दुई दिन सार्वजनिक दिन प्रस्ताव गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठन गरिएको बिदा अध्ययन सम्बन्धी समितिले तयार पारेको प्रतिवेदनमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सार्वजनिक गरिएको छ।

सो समितिले प्रारम्भिक प्रतिवेदन तयार पारी आवश्यक सुझावका लागि बिहीबार सार्वजनिकसमेत गरेको छ। मन्त्रालयका प्रवक्ता तथा सो समितिका संयोजक भट्टराईले यो प्रतिवेदन प्रारम्भिक भएको र त्यसमा सुझावका लागि सार्वजनिक गरिएको जानकारी दिए। उनले अन्तिम प्रतिवेदन पनि छिट्टै तयार हुने बताए।

प्रतिवेदनमा भनिएको छ, ‘विविध पक्षहरुमा गरिएको विश्लेषणबाट हप्तामा २ दिन सार्वजनिक बिदा कायम गर्दा आर्थिक रुपले कर्मचारी र कार्यालय तथा संस्थाहरुको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनम सहयोग हुने, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीच्को सन्तुलन कायम गर्न सहयोग हुने, पारिवारिक सामिप्यता कायम हुने र पर्यावरणीय दृष्टिकोणले समेत सकरात्मक प्रभाव पर्न जाने देखिएकाले सार्वजनिक निकायहरुमा हप्तामा २ दिन बिदा दिन र निजी क्षेत्रलाई पनि यस प्रकारको निर्णय गर्न प्रोत्साहन गर्न मनासिब रहेको व्यहोरा समिति सिफारिस गर्दछ।’

समितिले हप्तामा दुई दिन बिदाबारे विभिन्न देशहरुको अध्ययन पनि गरेको छ भने श्रम सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि अभिसन्धिको व्यवस्थाबारे पनि अध्ययन गरेको छ। समितिले गरेको अध्ययनअनुसार हप्तामा एक दिनमात्र बिदा दिने सार्क राष्ट्रहरुमा नेपालमात्र एक्लो मुलुक हो। अन्य सार्क मुलुकहरुमा हप्तमा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था छ।

विश्वका १२७ देशमा रहेको बिदा व्यवस्थाबारे अध्ययन गरेको समितिले ११५ देशमा हप्तामा दुई दिनको व्यवस्था रहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *