विश्वराज पोखरेल एआईजीमा बढुवा, संसदीय समितिको निर्देशन लत्याइयो

डिसी नेपाल
२५ मंसिर २०७७ २०:०९

काठमाडौं। सकारले नायव प्रहरी महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

नेपाल प्रहरीमा एक एआईजीको नयाँ दरबन्दी थपेर सो दरबन्दीमा पोखरेलको बढुवा गरिएको हो। बिहीबार बढुवासँगै उनको पदस्थापनसमेत भएको छ। उनलाई प्रहरीको अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ भने त्यहाँ एआईजी हरि पाललाई काठमाडौं महानगरीय प्रहरी प्रमुखमा सरुवा गरिएको छ।

यसअघि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले पोखरेललाई एआईजीमा बढुवा नगर्न सरकारलाई निर्देशन दिएको थियो। तर, सरकारले भने संसदीय समितिले निर्देशन दिएको भोलिपल्ट नै अवज्ञा गर्दै पोखरेललाई एआईजी बनाएको हो।

गृहमन्त्री रामबहादुर थापाको जानकारी बिना नै मन्त्रिपरिषदले एक एआईजीको दरबन्दी थपेको खुलासा भएपछि दरबन्दी थप नै विवादमा परेको थियो।
यस्तै बिहीबारको मन्त्रिपरिषदले सहसचिब मणिराम गेलाललाई सचिवमा बढुवा गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *