नेपाली फुटबलमा महिला र पुरुष खेलाडीहरुलाई समान तलब

काठमाडौं । महिला र पुरुष समान हुन् भन्ने नारा लोकप्रिय छ । तर आज आएर यो कुरालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रमाणित गरेर देखाएको छ । नेपाली खेलुकदमा बिगत केही बर्षदेखी महिलाहरुको सहभागिता बिभिन्न बिधाहरुमा उल्लेख रुपमा बढदै आएको छ । बिशेष गरी फुटबल र क्रिकेटमा हाल आएर महिला खेलाडीहरुको सहभागिता बढदै गएको छ । केही समय अगाडी नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक महिला खेलाडीहरुलाई ए बि सी समुहमा बर्गिकरण गर्दे तलब दिने ब्यवस्था मिलायो । हुनत क्यानबाट महिला खेलाडीहरुले पाउने पुरुष खेलाडीहरु सरह छैन तर यसको सुरुवात हुनुनै नेपाली महिला क्रिकेट खेलाडीहरुको लागि सुखद सुरुवताको रुपमा मान्न सकिन्छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्रिकेट भन्दा एक पाईला माथि बढदै महिला खेलाडीहरुलाई पुरुष खेलाडीहरु सरहनै तलब दिने निर्णय गरेको छ । यो निर्णय नेपाली फुटबल क्षेत्रमा एतिहासिक भएको फुटबल बिज्ञहरु बताउछन । यो निर्णयले नेपाली फुटबलमा खासगरी महिला खेलाडीहरुलाई अगामी दिनमा अघि बढन मद्दत मिल्ने विश्वास फुटबल बिज्ञहरुले गरेका छन । यो निर्णयले नेपाली फुटबलमा महिला र पुरुष खेलाडीहरु समान रहेको भन्ने कुराको पनि पुष्टि गरेको छ । पछिल्लो पटक विश्वमा नै महिला र पुरुष खेलाडीको तलव समान हुनुपर्छ भन्ने बहस चलिरहेका बेला एन्फाले पनि यसलाई केहि हदसम्म कार्यान्वयन गराउने बाटोमा अगाडी बढेको हो । पुरुष खेलाडीले यसअघि महिनाको १५ हजार पाउँदै आएका थिए भने महिला खेलाडीले सात हजार पाउने गरेका थिए । अहिले पुरुषको तलव यसअघि पाउँदै आएकोमा तीन हजार बढाउने र महिलाको दोब्बर गर्ने प्रस्ताव लगेको थियो । जसलाई कार्यसमितीको बैठकले सहजै पास गरेको छ ।
Facebook Comment