गैँडाको खाग सहित पाँच जना पक्राउ
काडमाडौँ । काठमाडौँको स्वयम्भूबाट गैँडाको खागसहित पाँच जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले खागको अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँको झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोटका २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीय मुना तामाङ रहेका छन् ।
स्वयम्भू किमडोलबाट गैँडाको खाग बिक्री वितरण गर्न भनि कोठामा राखेको अवस्थामा प्रहरीले खाग बरामद गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment