कलंकीमा एक ट्रकले दियो ६ वटा गाडीलाई ठक्कर, एकजनाको मृत्यु (अपडेट)
काठमाडौँ । राजधानी काठमाडौँको कलंकीमा शुक्रबार साँझ भयानक सवारी दुर्घटना भएको छ। कलंकीस्थित पेट्रोल पम्प नजिकै एक ब्रेक फेल भएको ट्रकले ६ वटा अन्य गाडीलाई ठक्कर दिएको छ।
सो दुर्घटनामा परी एकजना पैदल यात्रीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनकराज भट्टराईले जानकारी दिए। मृत्यु हुनेमा ओखलढुंगा घर भएका शंकर परियार रहेका छन् ।
उनका अनुसार ब्रेक फेल भएको प्रदेश २ ०३००१ ख १४२० नम्बरको ट्रकले ६ वटा गाडीलाई ठक्कर दिएपछि अन्तिममा एक घरमा ठोक्किएको छ। सो घटनामा ६ जना घाइते भएका छन्। दुर्घटनामा सप्तरीका रञ्जित चौधरी, गणेश शर्मा, साजन खत्री, धादिङका रामचन्द्र सिंखडा, काठमाडौं कलंकीका सुजन मानन्धर, बानेश्वरका विशाल श्रेष्ठ र कास्कीका सन्ध्या थिङ घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । उनीहरुको बयोधा र सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
ट्राफिक प्रहरीका अनुसार ट्रकको ठक्करबाट बा २ ज २०४७ नंको ट्याक्सी, बा ४ च २२१ पिकअप भ्यान, बा ४ ख ३२५२ नम्बरको बस, बा ५१ प ४९५१ नंबरको मोटरसाइकल, प्रदेश ३ -०२००६ प १३४१ को मोटरसाइकल र बा ४७ प २४१५ नंको स्कुटरमा क्षति पुगेको छ ।
Facebook Comment