दलदलमा दल
सबैलाइ झुटो आश्वासन दिलाउने र धेरै ठूला ठूला काल्पनिक खुराक पिलाउने गर्नाले सबैका हत्केला चौबिसै घण्टा चिलाउने तर भएजति र हात लागेजति सबै आप्mनै थैलीमा थन्काएर अरुले सुँघ्नसमेत नपाउने गरी त्यसको मुख सिलाउने देशब्यापी चलनले गर्दा सत्ता र शक्तिमा बस्नेजति सबै एकातिर र त्यसलाइ टुलुटुलु हेरेर बस्न बाध्य पारिएकाहरु अर्कोतिर भएकोले सधैंभरि संघर्ष, सधैंभरि क्रान्ति, सधैंभरि आन्दोलन, सधैंभरि बिरोध प्रदर्शन, सधैंभरि नारा जुलुस धर्ना तालाबन्दी आदि भइरहेको हो भन्ने एकथरीको सोचाइ छ।
आफ्नो हातमा डाडु पन्यू आयो, आफू र आफन्तले पेटभरि खान पायो अनि अर्कोले अलिकति पाइन्छ कि भनेर चाकडीमा धायो भने शक्तिवालाहरुलाई केही चाहिँदैन। यस्तो अबस्थामा उनीहरुले सबैजना खुसी, सुखी, आनन्दित, हर्षित, सन्तुष्ट, सम्पन्न, समृद्ध आदि देख्न र सोहीअनुसार लेख्न थालिहाल्छन्।
सत्ता र शक्तिमा पुग्नासाथ त्यसको तेज, प्रताप र असरले गर्दा कसैले कुनै कसर बाँकी नराखिकन सबै पुराना अनुभवीहरुले देख्नेगरी चारैतिरबाट सोहोर्ने गरेको देखेपछि अरुलाई निद्रा लाग्ने कुरै आएन। सत्तामा भएको दलको सत्तापक्ष, सत्तावाला दल भित्रका प्रतिपक्ष, गुट उपगुट, पदको मजा लिइरहेका भाग्यमानीहरु, अरुले पदमा बसेर मोजमस्ती गरेको हेरेर आनन्द लिएको बहाना बनाएर मुटुमाथि ढुँगा राखेर हाँस्न बाध्य भएकाहरु, प्रतिपक्षमा रहेका दलहरु, त्यसका पनि गुट उपगुट, अरु साना दलहरु, त्यसका पनि ससाना समूहहरु, जो सत्तामा पुगे पनि भजाएर खाने क्षमता भएकाले सधैं ठूलो भाग बजाएर बस्न सक्नेहरु र एकअर्काको लेनदेनबारे थाहा पाएर हिस्सा नपाएकोले बिरोधमा तथानाम बक्नेहरु आदि सबैले ज्यान फालेर यसैमा ध्यान दिने भएकोले सत्तामा बसेर खाने लाउने र सबै सुबिधा पाउनेहरुका बिरुद्धमा अरु सबै लाग्ने र अर्कोले भूँडी फुट्ने गरी हसुरेको सहन नसकेर जाग्ने गरेका हुन्।
सत्ता पक्षमा पनि झण्डा हल्लाउने र डण्डा हातमा खेलाउने अधिकार पाएकाहरु देखेर आपूm सरहका नेताहरुको भोक तिर्खा सबै हराउँछ अनि खप्न नसकेर ऊ बर्बराउँदै कराउँछ तर यसले गर्दा भविष्यको बाटो बन्द हुन्छ कि भनेर पनि डराउँछ। यो भएन, ऊ भएन, यसो गर्न पर्नेमा यसो गर्यो, उसले यो पदमा बस्न मिल्दैन, यो यो पदचाहिँ तुरुन्तै छोड्न पर्छ, यो यो मान्छेलाई यो यो पदमा लैजान पर्छ, पुरै अवधि एउटैले नखाएर बाँडेर खान पर्छ, ठूलाठूला ठेक्कापट्टा आफ्ना मान्छेलाई दिन पर्छ, नियुक्तिहरुमा आफ्नो मान्छे पर्न पर्छ, बिगतमा जतिसुकै अन्याय अत्याचार र भ्रष्टाचार गरेको भएपनि कुनै कानुनी कारबाही गर्न हुँदैन।
सबै गल्तीको भागिदार अरु नै हुनपर्छ, राम्रो काम भएमा त्यसको जस र स्याबासी आपूmले पनि पाउन पर्छ, गाल पाउने र दोष आउने काम जति सबैमा अरुकै नाम पर्न पर्छ, आप्mना नातेदारहरुलाई खोजीखोजी र रोजीरोजी मालदार नियुक्तिमा पुर्याउन पर्छ आदि आदिमा सँधैभरिको खिचलो देखिने हुनाले देशमा सधैंभरि यस्तो खालको किचलो हेर्न ,देख्न,सुन्न र अनुभव गर्न पाइएको हो।
सत्तापक्षको अहिले सत्तामा भएका, पहिले सत्तामा पुगिसकेका, भविष्यमा सत्तामा पुग्ने क्षमता र इच्छा भएका सबै नेताहरुले देश र जनताको हितमै सबैको जित छ भन्ने सोचेको भए यो अवस्था आउने र जनताले उनीहरुबाट केही पाउने आशा र विश्वास गर्न सक्ने वातावरण बन्न सक्थ्यो होला।
पहिलो प्रदर्शनमै सरकार प्रधानले संबिधानबादीहरुको सर्बदलीय बैठक बोलाएकोमा आफ्नै बिरोध भएर टोलाएको देख्दा कसैले थाहा नपाएको एजेण्डा छिराएको र बिदेशीको निर्देशनमा यो ब्यबस्था भिराएको भन्ने आरोप सत्य हो कि भन्नेहरुपनि नभएका होइनन्।
सत्ताको बागडोर सम्हालेका र उनलाइ त्यहाँबाट खँगार्न पाए आपूmले सम्हाल्ने आकाँक्षाअनुसार अरु त्यस्तै खालकाहरुबाट समेत बोकिएका भएपनि बिभिन्न कारणले त्यहाँ पुग्नबाट रोकिएका दुबैको प्रतिबेदन नामक दस्तावेजमा देश र जनताको भलाइसम्बन्धी एउटा बुँदा पनि उल्लेख नभएर केबल एकअर्कालाई पँधेर्नीस्तरको गाली गलौजमात्रै राखेकोमा यिनीहरुको राजनीति के का लागि रहेछ भन्ने कुरा फेरि एकपटक प्रष्ट भएकोले सबै उच्च स्तरका भ्रष्ट भएकोमा शंका रहेन।
सत्ता सञ्चालन गरिरहेको दल आफ्नै दलदलबाट पार पाउन नसकेर अनेक खालको झमेला खेपिरहेको हुनाले जनताले नपत्याएर बिश्वास नलाग्ने किसिमले हेपिरहेकोबारे अनभिज्ञताको नाटक गरेर ढुक्क परेर बसेजस्तो देखाए पनि यो त्यत्तिकै टरेर जाने देखिन्न। वर्तमान राजनैतिक क्षेत्रमा कुनै गक्ष नभएको प्रतिपक्षको पनि हालत केही फरक छैन।
संस्थापक नेताहरुको नाम भजाउने र त्यसैको नाममा बजेट बजाउने गर्दागर्दै सरकारमा पुग्ने गरि बिक्न र जनताले भरोसा गर्ने शक्तिको रुपमा टिक्न नसकेपछि अरुका एजेण्डाको पुच्छर समातेर गन्तब्यमा पुग्न सकिने आयातित मन्तब्यमा जनता आकर्षित हुन नसकेपछि त्यसको दोष जति एकअर्कामा लगाउने अनि यसैबाट बुटी जगाउने फर्मुलाले काम गर्न छोडेको लामो समय भइसकेको छ।
जंगलीसित सहकार्य गरेर चुनावमा टिकिन्छ र राजनैतिक बजारमा राम्रो भाउमा बिकिन्छ भनेर सबै नैतिकता र सिद्धान्त बिर्सेर कतैबाट पनि पुष्टि हुन नसक्ने ब्यबहार देखाउँदै नेता पुत्रीलाई काँध थाप्दा काम सकिएपछि सीमा साँध देखाइदिएर हिस्स परेपछिमात्रै होस खुलेको, आफ्नाे दलको आधारभूत आदर्शलाई अत्यन्त झिनो ब्यक्तिगत लाभमा भुलेको, पदमा बसेर बजेट हसुर्न पाइने भनेपछि जस्तासित पनि गाँसिन गौरबशाली बिगत बिर्सेर ढोकाढोका डुलेको र ब्यक्तिगत लाभहानीलाई महत्व दिएर जस्तालाई पनि महत्वपूर्ण जिम्मेवारीसहित पार्टीमा हुलेको आदि कारणले उँभो लाग्न गाह्रो पर्ने देखिन्छ।
यसमा पनि सभापतिदेखि लिएर हरेक तहका हरेक नेताहरुका आआफ्नै गुट उपगुट र त्यसमा भएका टुटफुट बडा रोचक छन्। सभापतिले आफ्नो फाइदा हुँदा सत्तापक्षलगायत सबैसित मिल्ने र घाँटीको साइज नहेरीकन जे भेट्टाएपनि आँखा चिम्लेर निल्ने गरेको भन्ने अर्काथरीको आरोप लाग्ने गरेको निकै बर्ष भइसक्यो।
त्यही पनि कहिले कोसित कहिले कोसित एकता गर्ने र सानोसानो विबादमा पनि पार्टी छोडेर हिँड्न अघि सर्ने गरेर को कहिले कता लाग्छ र को कुनबेला सन्केर भाग्छ केही थाहा नहुने भएर त्यस्ता दलहरुको भबिष्य नै के कसो हुने हो थाहा हुँदैन।
सबैले सबैलाई दोष लगाउने र आफ्नो काममा कुनै होस नपुर्याउने भनेर सबैले एकअर्कालाई असक्षम देख्ने गरेको हुनाले पार्टीमा एउटै पनि सक्षम ब्यक्ति नभएको हो कि जस्तो लाग्छ। सदनदेखि सडक र अन्य कुनै स्थानमा पनि प्रतिपक्षको आवाज र भूमिका नदेखिएको हुनाले निर्दलीय पञ्चायती ब्यबस्था अहिले पनि चालु छ र ऊबेलाको जस्तै ठालु पल्टिने चलन बिद्यमान छ भनेजस्तो लाग्छ।
मुख्य प्रतिपक्षी दल पनि आफ्नै दलदलमा नराम्रोसित जाकिएको हुनाले यसका मुल नेताहरुद्वारा पनि आफ्नै स्वार्थ भाकिएको कारणले कतैबाट केही नपाउनेहरुले केही राम्रो होला कि भनेर कुर्दा कुर्दा थाकिएको अबस्था छ।
मुख्य प्रतिपक्षको यस्तो चाला भएको अबस्थामा बिभिन्न स्वार्थले फुटेका, स्वार्थले नै अप्राकृतिक तरिकाले जुटेका, बिगतका संयुक्त सरकारमा बसेर लुट्नसम्म लुटेका र जनताको काममा कुराबाहेक सिन्कोसमेत नभाँचेकाले चुनावमा बढारिएर माननीय हुन छुटेका क्षेत्रीय र त्यस्तै औकातका अन्य दलहरुको अबस्था झन् दयनीय हुने नै भयो। त्यसबाहेक अरु सानातिना, अन्य ठाउँमा नाम कमाएर राजनीतिमा लागेदेखि यसमा पनि खुट्टा जमाएर भनेको ठाउँमा पुग्न सकिन्छ भनेर आएका र चुनावमा आफ्नो औकात थाहा पाएका महानुभावहरुको त झन् यता न उताको स्थिति छ। पार्टी गठनकै क्रममा फुट्ने, टुट्ने र त्यसको फाइदा अरुले लुट्ने गरेको देखिन्छ।
जीवनभर राजनीति गरेर र त्यसैलाई सबैथोक ठान्दै अघि सरेर हिँडेकाहरुको त यस्तो चाला छ भने बास्तबिक राजनैतिक धरातल नबुझिकन राजनीतिमा हामफालेकाहरुको अबस्थालाई अन्यथा लिन पर्ने देखिन्न। अन्य पेशामा जस्तै सबैले साथ दिइहाल्ने हुनाले एकैचोटी सबैलाइ माथ गरिन्छ भन्ने आत्म बिश्वास ढल्न र एउटा चुनावबाटै गल्न थालेपछि सोझासिधाबाट राजनीति फल्न र यस्ताको कुनै पनि सिद्धान्त चल्न सक्दैन भन्ने बुभ्mन खासै समय नलाग्ने रहेछ।
बिगत र अन्यत्र गरेको योगदानबाट प्रभाबित भएर यसमा आउनुहोस हामी सहयोग गर्छौँ भनेर केहीले आश्वासन दिलाए तर भोट हाल्ने बेलामा ती सबै अन्तै बिलाए अनि त्यस्ता सिकारुलाई हारको उपहार पिलाए। यस्ता दलहरु पनि आफ्नै दलदलमा भासिएका र कति त मैदानमा उत्रनै नसक्ने गरी नासिएका पनि छन्।
सोझो औँलाले घिउ आउँदैन भनेजस्तो राजनीति भनेको सोझाले गर्ने पेशा नै होइन भनेर बुभ्mदा बुभ्mदै अर्कोले नतिजा आफ्नो पक्षमा पारिसकेको र जालझेल आदि सबै गरेर आफ्नो डुंगा तारिसकेको हुन्छ बिचरा सोझो मान्छे हेरेको हेर्यै। आफूबाट यस्तो काम नहुने रहेछ भन्ने पाठ लिन र यसबारे आफूजस्ता अरुलाई जानकारी दिन ढिला भएपछि थाहा पाएर के गर्नु? यस्तै समस्या हुन्छ नयाँ सिकारु राजनीतिज्ञहरुलाई।
त्यही पनि कहिले कोसित कहिले कोसित एकता गर्ने र सानोसानो विबादमा पनि पार्टी छोडेर हिँड्न अघि सर्ने गरेर को कहिले कता लाग्छ र को कुनबेला सन्केर भाग्छ केही थाहा नहुने भएर त्यस्ता दलहरुको भबिष्य नै के कसो हुने हो थाहा हुँदैन।
बिदेशीको इशारा र निर्देशनमा यो काम भएको होइन भन्ने नैतिक साहस र क्षमता पनि छैन अनि यो जनताको मागअनुसार भएको भनौँ भने परालको खुट्टामा उभिएर आफ्नै दलदलबाट बाहिर निस्कन दह्रो पाइला चाल्न र यस्ता बिरोधहरुलाई ढाल्न जनताको समर्थनमा संबिधान बिरोधीहरुलाई टिपेर फाल्न ढिला हुन पनि सक्ला । बिदेशीको जुठोपुरो खाएर ठूलो कुरो गर्दैमा कसैको चुरो बलियो नहुनपनि सक्छ।
सजिलो तरिकाले काम हुने र आवश्यक कुराहरुको ब्यबस्था अरुले गरिदिने ठाउँमा जागिर खाएर वा सँलग्न हुँदै आएर राजनीति गर्दा त्यहाँ पनि त्यस्तै होला भन्ने सोच आउने अनि त्यहाँ छिरिसकेपछि मात्रै सबै खान पाउने भएमात्रै सहयोग गरेजस्तो गरेर धाउने रहेछन् भनेर बुझेपछि मुख्य ब्यक्ति नै असन्तुष्ट भएर सञ्चालन गरेको सँगठनले जनतालाई समेटेर कता लैजाला भन्ने शंका सबैलाइ लाग्नु स्वाभाबिक हो।
दिल्लीका मुख्यमन्त्री केजरीवालको सिको गरेर अगाडि आउँदैमा जनताले टिको लगाइदिन्छन् भनेर चिताउनु नै बेकारमा समय बिताउनु हो भन्न सकिन्छ। त्यही भएर बिभिन्न पेशागत संलग्नताबाट स्वेच्छाले छोडेर वा अवकाशपछि दिशा मोडेर आउनेले राजनीतिको रहर गर्दा अहिलेसम्म जोडेर राखेको सम्पत्ति सिध्याउनुभन्दा अपबादबाहेक अरु उपलब्धि हासिल होला भन्न सकिएलाजस्तो लाग्दैन। यस्ताको दल पनि दलदलमा परेको देखिन्छ।
राजनैतिक दलहरु दलदलमा अड्किएको र निराशाले जनता भड्किएको हो कि भन्ने शंकाको लाभ उठाउने हेतुले राजतन्त्र र हिन्दुधर्मबादीहरुले संबिधानबिपरितका नारासहित राजधानी लगायत देशका केही शहरहरुमा गरेको प्रदर्शनबाट सत्ता सञ्चालकहरुको ध्यान आकर्षित भएको पाइयो।
पहिलो प्रदर्शनमै सरकार प्रधानले संबिधानबादीहरुको सर्बदलीय बैठक बोलाएकोमा आप्mनै बिरोध भएर टोलाएको देख्दा कसैले थाहा नपाएको एजेण्डा छिराएको र बिदेशीको निर्देशनमा यो ब्यबस्था भिराएको भन्ने आरोप सत्य हो कि भन्नेहरुपनि नभएका होइनन्।
उतिबेला जंगलबाट निस्केको शक्ति बिदेशीको इशारामा आफ्नो मंगल गराउन हतारिएको र यहाँका रैथाने शक्तिहरु गन्तब्य पहिल्याउन नसकेर उसैसँग लतारिएको हुनाले कुनै एजेन्डामै नभएको अनि कुनै छलफल र सम्झौतामै नभएको बुँदालाई जबरजस्ती लादिएको अनि सबैको सहमतिमा भएको भनेर शब्दमा मात्रै छादिएको हुनाले दलहरुकै दलदलले यसलाई मलजल गरेको भन्नेहरुको कमी छैन।
बिदेशीको इशारा र निर्देशनमा यो काम भएको होइन भन्ने नैतिक साहस र क्षमता पनि छैन अनि यो जनताको मागअनुसार भएको भनौँ भने परालको खुट्टामा उभिएर आप्mनै दलदलबाट बाहिर निस्कन दह्रो पाइला चाल्न र यस्ता बिरोधहरुलाई ढाल्न जनताको समर्थनमा संबिधान बिरोधीहरुलाई टिपेर फाल्न ढिला हुन पनि सक्ला । बिदेशीको जुठोपुरो खाएर ठूलो कुरो गर्दैमा कसैको चुरो बलियो नहुनपनि सक्छ।
सबै दल आफ्नै दलदलमा फसेको र सबैजना कमाउने मौकाको ताकमा मात्रै बसेको हुनाले केही गर्नु अनि केहीको लागि अघि सर्नुभन्दा पहिले आफ्नो दललाई नै दलदलबाट बाहिर निकाल्न सकेमात्रै पनि उसलाई नै सफल राजनीतिज्ञ मान्न पर्ने र उसैलाई राम्रो मान्न पर्ने अनि उसैले मात्रै समस्या समाधान गर्न सक्छ भनेर जबरजस्ती ठान्न पर्ने बेला आएकोले जेमा पनि झेला गर्दा नचिताएको परिस्थितिको फेला परिएला भन्ने हेक्का लिएमा राम्रै होला।
Facebook Comment