२४ घण्टामा १५ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ११ हजार

काठमाडौँ । शनिबार नेपालमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३५९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६५९ पुगेको छ।
यस्तै हालसम्म ५१९ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment