दरबारमार्गमा एटिएम फुटाउँदै गर्दा एक युवक पक्राउ

डिसी नेपाल
२७ मंसिर २०७७ १७:५१

काठमाडौँ । काठमाडौँ महानगरपालिका १ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा शनिबार एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङ रहेका छन् ।

उनले उक्त एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

तोडफोडबाट बुथको दाँया भागको सिसा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *