पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । डिजेल, पेट्रोल र मटितेलको मूल्य बढेकोे छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मटितेलमा दुई/दुई रुपैयाँले मूल्य बढाएको हो ।
नेपाल आयल निगमका डिपोहरुमा पेट्रोलको खुद्रा बिक्री मूल्य रु. १०७ रहेको थियो भने डिजेल र मटितेलको मूल्य रु. ८९ प्रतिलिटर रहेको थियो । निगमको नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य रु. १०८ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य रु. ९१ प्रतिलिटर भएको छ ।
डिसेम्बर १ मा भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार मूल्य बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment