सगरमाथाको उचाइ नाप्दा नेपाल र चीनले सँगै यात्रा गरेका होइनन् : मन्त्री अर्याल (भिडियाे)

डिसी नेपाल
२८ मंसिर २०७७ १२:१९

काठमाडौं। भूमि व्यवस्था शहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइका विषयमा प्रश्न उठेपछि एउटा अन्नर्राष्ट्रिय गोष्ठ आयोजना गरेर सगरमाथाको उचाइ नेपालले नाप्छौं भनेर प्रस्ताव गर्दा उक्त प्रस्तावलाई अन्तर्राष्ट्रिय गोष्ठीले सहमति दिएको बताएकी छन्।

उक्त गोष्ठीमा चीन, भारत, अमेरिका, नेदरल्याण्ड, जापान र न्यूजिल्याण्डसहितका मुलुक सहभागी गोष्ठीबाट अनुमोदन गराएर नेपालले प्रक्रिया अगाडि बढाएकाले विना द्विविधा काम गर्न सकिएको मन्त्री अर्यालले बताइन्।

डिसी नेपालमा अमेरिकाबाट प्रशासन हुने कार्यक्रम नुन, चिनी, पानीमा प्रस्तोता अर्जुन दाहालसँग कुरा गर्दै मन्त्री अर्यालले नेपाली प्राविधिकहरुले सगरमाथाको चुचुरोमा एकघण्टा १६ मिनेटसम्म बसेर अनुगमन गर्दै सगरमाथाको उचाइ नापेको बताइन्। मन्त्री अर्यालले सरगमाथाको उचाई मापनमा नेपाल र चीनले सँगै यात्रा नगरेको बताइन्।

चीनले सगरमाथाको उचाइ नाप्नु एक वर्ष पहिला नै दक्षिण खण्डबाट नेपालले डेटा संकलन गर्ने काम गरेको उल्लेख गर्दै मन्त्री अर्यालले भनिन्, ‘जतिबेला नेपालीको टोली सगरमाथाको उचाई मापन गरिरहेका थियौं, त्यतिबेला चीनको पनि कार्यक्रम रहेछ। राष्ट्रपति चीन भ्रमणमा जाँदा चीनकातर्फबाट त्यो कुरा आयो। राष्ट्रपतिले हाम्रो मुलुकले पनि सगरमाथा उचाइ मापनको काम गरिहेको छ भन्नु भयो। पछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा दुवै मुलुकले आफ्नो मुलुकबाट जसरी काम अगाडि बढाइएको छ, त्यसलाई त्यसैगरी अगाडि बढाउने र विश्वलाई द्विविधा भइरहेको बेला हामीले एउटा उचाई निकालौं भन्ने विषय सही भएकाले हामीले त्यसमा सहमति जनाएका हौं।’

मन्त्री अर्यालले नेपालले दक्षिणी खण्डबाट आफ्नो एक काम सकेर चीनको कामको प्रतिक्षामा बसेको र चीनले पनि आफ्नो काम सकेपछि दुवैतर्फको डाटालाई एकै ठाउँमा राखेर अंक निकालिएको बताइन्। यसरी अंक निकाल्दा दुवैतर्फको एउटै अंक निस्किएको उल्लेख गर्दै उनले एउटै अंक निस्किँदा आफूहरुले जे सन्देश दिन खोेजेको हो त्यसमा सफल भएको बताइन्।

मन्त्री अर्यालसँगको भिडियो संवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *