नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री ओली पनि सहभागी

डिसी नेपाल
२८ मंसिर २०७७ १३:२८

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन्। यसअघि ओलीले बैठकमा सहभागी नहुने अडान लिँदै आएका छन्। तर अन्तिम समयमा आएर ओली बैठकमा सहभागी भएका हुन्।

केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गरिने भएको छ। यसअघि बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको थियो। प्रधानमन्त्री ओलीले बालुवाटारमा बैठक राखे आफू पनि सहभागी बन्ने संकेत गरेपछि बैठक स्थल परिवर्तन गरिएको हो। बैठकमा

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधब कुमार नेपाल, उपाध्यक्ष बामदेब गौतम, नेकपा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री गिरिराजमणि पोख्रेल , उद्योग मन्त्री लेखराज भट्ट ,कृषिमन्त्री घनश्याम भुसाल ,स्थायी कमिटी सदस्यहरु भिम रावल ,मातृका प्रसाद यादव ,पम्फा भुसाल, लगायतका नेताको उपस्थित रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *