नेकपा स्थायी कमिटी बैठक २० मिनेट बसेर स्थगित, प्रचण्डले गरे नारायणकाजीको बचाउ

डिसी नेपाल
२८ मंसिर २०७७ १४:२६

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक २० मिनेट बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटार सवा ११ बजे सुरु भएको बैठक ११ बजेर ३५ मिनेटमा सकिएको हो । अर्को बैठक पुस १ गते बस्नेगरी स्थगित भएको हो ।

आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, उद्योग मन्त्री लेखराज भट्ट, कृषिमन्त्री घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल, मातृकाप्रसाद यादव, पम्फा भुसालसहित ३ दर्जन बढी नेताहरु उपस्थित थिए ।

आजको बैठकले नेकपा केन्द्रीय कमिटी सदस्य स्व. कमान सिंह लामाको निधनप्रति शोकप्रस्ताव पारित गर्दै आगामी स्थायी समितिको बैठक पौष १ गते बस्नेगरी स्थगित भएको छ । आजको बैठकमा स्व. कमानसिंह लामा र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको विषयमा पछिल्लो समय आएको विवादित विषयप्रति अध्यक्ष प्रचण्डले श्रेष्ठको बचाउ गरेका थिए । बैठकमा अध्यक्ष प्रचण्डले स्व. लामा र प्रवक्ता श्रेष्ठप्रति विभिन्न जालझेलपूर्ण तरिकाले लगाइएका आरोपका विषयमा भ्रममा नपर्न आग्रह गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *