थप ८३० जनामा कोरोना संक्रमण, १५ सय डिस्चार्ज

काठमाडौं । आइतबार नेपालमा थप ८३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६९८ पुगेको छ।
यस्तै हालसम्म ५१६ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment