किर्ते गरेको अभियोगमा सेनाका बुट सप्लायर्स पक्राउ

डिसी नेपाल
२८ मंसिर २०७७ १७:४६

काठमाडौं । प्रहरीले नेपाली सेनाको ठेक्का प्रकरणमा किर्ते गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । आइतबार रेमण्ड सपका संचालक सञ्जय अधिकारी र उनका छोरा समिर अधिकारी,कृष्ण भट्टराई सहित चारजनालाई किर्ते तथा ठगी आरोपमा पक्राउ गरेको हो ।

३५ हजार थान छालाको बुट सप्लाई टेण्डरमा साझेदार रहेका अधिकारीले अन्य साझेदारलाई थाहै नदिई किर्ते गरेर रकम निकालेको आरोपमा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको हो । परिसरका प्रमुख एसएसपी अशोक सिंहले अधिकारीलाई पक्राउ गरेको पुष्टि गरेका छन् ।

फुट केयर इन्डस्ट्रीज प्रालीका साझेदार रहेका अधिकारीलाई प्रभु बैंकमा सो कम्पनीको चेक र संचालक समितिको विवरण तथा हस्ताक्षर किर्ते गरेका आरोप लागेको छ । प्रहरीका अनुसार उनी माथि ४ करोड ८७ लाख रुपैयाँ किर्ते गरेर निकालेको आरोप लागेको छ ।

परिसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार ठेकेदार कम्पनीका अन्य संचालक शिलबहादुर केसी र नोखबहादुर थापाले किर्ते आरोपमा जाहेरी दिएका थिए । शिलबहादुरले आफ्नै छोरा सुवर्ण केसीविरुद्ध समेत जाहेरी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *