ओलीको सोच र दृष्टिकोणमै समस्या देखियो, अव कुनै तुरुपले काम गर्दैन: भीम रावल

डिसी नेपाल
२९ मंसिर २०७७ ७:२२

वासिंगटन डिसी । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जादूको छडी चलाएर काम गर्न नभनेको पूर्वउपप्रधानमन्त्री तथा नेकपामा स्थायी समितिका सदस्य भीम रावलले बताएका छन्। उनले ओली सरकारले जनताले चाहेजस्तो काम गर्न नसकेको भन्दै आलोचना गरे। डिसी नेपालको अमेरिकाबाट प्रसारित द ब्रिज टक कार्यक्रममा प्रस्तोता अर्जुन दाहाल(नुन,चिनी पानी)संग कुरा गर्दै नेता रावलले सो कुरा बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीलाई जसरी पनि हटाउनुपर्छ भनेर नलागेको दावी गरे। ‘ओलीलाई जसरी पनि हटाउनुपर्छ भनेर भनेको छैन, जनताले चाहेजस्तो र भनेजस्तो काम नभएपछि आलोचना भएको हो।’ पार्टीलाई निस्क्रिय बनाएर, पार्टीले गरेका निर्णय मान्न अस्वीकार गरेर प्रधानमन्त्री ओलीले अनेक तरुपहरु प्रयोग गरेको बताउँदै नेता रावल अव त्यस्ता कुनै पनि तुरुपले काम नगर्ने र जारी स्थायी समितिले पार्टीभित्रको समस्यामा गम्भीर छलफल गर्ने बताए।

‘भदौ २६ गतेका निर्णयहरु कार्यान्वयन भएनन्, तपाईं नै ५ वर्ष प्रधानमन्त्री र आगामी माहाधिवेशनसम्म पार्टी अध्यक्ष पनि रहिरहनुस् भनेकै हो। तर, उहाँको सोच र दृष्टिकोणमै समस्या रहेछ। अब यो समस्याको समाधान हुने र कुनै तुरुपले काम गर्दैन’, नेता रावलले डिसी नेपालसँग भने।

उनले आफ्नो निर्बाचन क्षेत्रमा बिकास निर्माणका काममा धेरै प्रगति भएको दावी गरे। स्थायी समितिको बैठकले निकास निकाल्न नसके केन्द्रिय समितीमा लागिने र बहुमतको आधारमा निर्णय लिइने कुरा राख्दै कुनै हालतमा पार्टी बिभाजन नहुने उनले बताए ।

नेता रावलसँगकाे संवादमा भिडियाेमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *