कोरोनाबाट २४ घण्टामा १८ जनाको मृत्यु, मृतकको संख्या १७ सय नाघ्यो

काठमाडौं । सोमबार नेपालमा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८ सय ४२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७१६ पुगेको छ।
यस्तै हालसम्म ४७१ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment