सरकारले जनताको आवश्यकतामा ध्यान नदिएको महामन्त्री डा कोइरालाको आरोप

डिसी नेपाल
२९ मंसिर २०७७ २०:०३

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकार जनताका चाहना र आवश्यकतानुसार नचलेको आरोप लगाएका छन् । कांग्रेस मोरङद्वारा सोमबार आयोजित विरोधसभामा उनले सरकार कोभिड–१९ लाई नियन्त्रण गर्न असफल भएको र कोरोनाबाट नागरिकलाई जोगाउन खासै काम नगरेको आरोप लगाए ।

अहिलेको सरकारले करीब तीन वर्षका अवधिमा पनि रचनात्मक काम गर्न नसकेको आरोप लगाउँदै महामन्त्री डा कोइरालाले सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेतालाई पनि दुव्र्यवहार गरिएको भनी आपत्ति जनाए ।

उनले आउँदो निर्वाचनमा कांग्रेसलाई जिताउन तरुणहरुलाई एक जुट भएर पार्टीको काममा लाग्न निर्देशन दिँदै डा कोइरालाले कांग्रेसलाई एक ढिक्का बनाइने सङ्कल्प गरे । सो विरोधसभा हुनुभन्दा पहिले स्थानीय शहीद रङ्गशालाबाट निस्किएको र्यालीले बजारका विभिन्न भागको परिक्रमा गरी ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र लोकतान्त्रिक संविधानको रक्षा गरौँ’ नारा लगाएका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *