प्रदर्शन सफल भएको कांग्रेसको निष्कर्ष

डिसी नेपाल
२९ मंसिर २०७७ २१:३०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज देशव्यापीरुपमा आयोजना गरिएको विरोध प्रदर्शनले पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको जनाएका छन् । आज साँझ विज्ञप्ति जारी गरी उनले यो ऊर्जालाई अभिवृद्धि गर्दै कांग्रेस आगामी दिनमा अझ सशक्त ढङ्गले अघि बढ्ने उद्घोष गरेका छन् ।

सभापति देउवाले प्रदर्शनमा भएको सहभागिताले एकाइसौँ शताब्दीका नेपाली जनता लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाटै देशको भविष्य सुनिश्चित गर्न चाहन्छन् भन्ने बलियो मत आज प्रकट भएको उल्लेख गरेका छन् । उनले प्रदर्शनमा योगदान पुर्याउने सबैलाई बधाई र उनीहरुप्रति सम्मान पनि व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *