आन्दोलनरत उखु किसानले सरकारसँग राखे २ बुँदे प्रस्ताव

डिसी नेपाल
३० मंसिर २०७७ १५:५०

काठमाडौं। आन्दोलनरत उखु किसानहरुले सरकारसँग दुई बुँदे प्रस्ताव राखेका छन्। उद्योग मन्त्रालयलाई पटक पटक विश्वास गरेर धोका मात्रै पाएको बताउँदै मंगलबार उखु किसन संघर्ष समितिले मन्त्रालयलाई दुई बुँदे प्रस्ताव पेश गरेको हो।

सरकारले मन्त्रायलबाट सीमा अवधि तोकेर पैसा दिलाइदिनुपर्ने वा कुनै कोषबाट भुक्तानी गरिदिनुपर्ने प्रस्ताव समितिले पेस गरेको हो। उद्योग मन्त्रालयले आफ्नो विश्वास गुमाइसकेको र मन्त्रालयले उद्योगबाट पैसा दिलाउने हो भने एउटा समय सीमा अवधि तोक्नु पर्ने समितिका संरक्षक राकेश मिश्रले बताए। सरकारले यो माग नसुनेसम्म आफुहरु सडकमै बस्ने र भुक्तानी भएपछि मात्रै घर फर्किने उनको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *