२४ घण्टामा १४ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ९ हजार

डिसी नेपाल
३० मंसिर २०७७ १६:२४

काठमाडौँ । मंगलबार नेपालमा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९९६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७३० पुगेको छ।

यस्तै हालसम्म ४५७ जना क्वारेन्टिनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *