संवैधानिक परिषद्को बैठक शुरु, देउवा र सापकोटा अनुपस्थित

डिसी नेपाल
३० मंसिर २०७७ १८:०३

काठमाडौं। बहुचर्चित संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। पाँच बजेका लागि बोलाइएको बैठक केही ढिला गरेर पौने ६ मा शुरु भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बैठक जारी रहेको जानकारी दिए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गाणेश तिमिल्सेनामात्र उपस्थित छन्। सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा गएनन्।

मंगलबार बिहानका लागि बोलाइएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि सरकारले अध्यादेशमार्फत कानून संशोधन गरेर ६ सदस्यीय संवैधानिक परिषद्को बैठक अध्यक्षसहित ३ जना उपस्थित भए बस्न सक्ने व्यवस्था गरेको थियो।

अध्यादेशमार्फत बाटो खुला गरेपछि बैठक बसेको हो। यो बैठकले विभिन्न संवैधानिक अंगमा रिक्त रहेका ४५ जना पदाधिकारी नियुक्तिको सिफारिस गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *