कांग्रेसमा जनताको आकर्षण घटेको छैन : नेता रिजाल

डिसी नेपाल
१ पुष २०७७ ०:०६

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसमा जनताको आकर्षण नघटेको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ खहरेमा आज आयोजित कार्यकर्ता भेटघाटमा नेता रिजालले जनताको भरोसा कांग्रेस पार्टीप्रति रहेको दाबी गरे ।

नेता रिजालले जनताको समस्यामा कांग्रेस सदैव साथ रहेकाले पार्टी जनताको मनमनमा बस्न सफल भएको बताए । गत निर्वाचनमा थोरै मतले कांग्रेस पराजित भए पनि आगामी निर्वाचनपश्चात् कांग्रेस ठूलो पार्टी बन्ने उनको दाबी थियो । “प्राविधिकरुपले चुनावमा पराजित भएका हौँ, अब फेरि ठूलो पार्टी कांग्रेस ठूलो पार्टी बन्छ”, उनले भने ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्रै एकता हुनुपर्नेमा जोड दिए । पार्टीका जिल्ला सभापति वैकुण्ठ न्यौपाने, बन्दीपुर गाउँ सभापति कर्ण खत्रीलगायतले कांग्रेसलाई बलियो पार्टी बनाउनुपर्ने बताए ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *