लगानी बोर्डमा चार ठूला पूर्वाधार परियोजनाको विस्तृत विवरण पेश
काठमाडौं। लगानी बोर्डमा चार ठूला पूर्वाधार परियोजनाका विकासकर्ताले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गरेका छन्। वीरगन्ज र भैरहवामा निर्माण हुने बन्दरगाह, विराटनगरमा निर्माण हुने मल्टी मोडल लजिस्टिक पार्क र दमकमा बन्ने चीन–नेपाल मैत्री उद्योग पार्क परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्ड कार्यालयमा पेस भएको बोर्ड कार्यालयमा पेश भएको हो।
बीरगञ्ज र भैरहवामा निर्माण हुने प्राइभेट फ्राइट टर्मिनल एन्ड बल्क ह्यान्डलिङ फेसिलिटिज परियोजनाको लागि विकासकर्ता कम्पनी फ्ल्यास फ्राइट लजिस्टिक एन्ड इन्टरनेसनल कार्गो छ।
यस्तै विराटनगरमा निर्माण हुने मल्टी मोडल लजिस्टिक पार्क परियोजनाको विकासकर्ता कम्पनी सिजी लजिस्टिक र सर्राफ समूहले समेत पनि परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्डको कार्यालय समक्ष पेश गरेको बोर्ड कार्यलयले जनाएको छ।
यसैगरि चाइना–नेपाल मैत्री औद्योगिक पार्क परियोजनाको विकासकर्ता कम्पनीको तर्फबाट दमक क्लिन इन्डस्ट्रियल रहेको छ । यस्तै बीरेठाँटी–मुक्तिनाथ केवलकार निर्माणको लागि विकासकर्ता कम्पनी मुक्तिनाथ दर्शनले गत मंसिर १४ मा बोर्ड कार्यालय समक्ष पेश गरेको छ। केवलकारको कुल लम्बाई ८०.१६ किमि लामो हनेछ। केवलकार विरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथ सम्मको हुनेछ।
Facebook Comment