राष्ट्रपतिमाथि रिजालको कटाक्षः आफूलाई मन परेको टिमले गोल खान लागे पनि रेफ्रीले रोक्न मिल्दैन

डिसी नेपाल
१ पुष २०७७ १७:२६

काठमाडौं। सरकारले ल्याएको अध्यादेश प्रकरण र सत्तारुढ दल नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि विवादमा तानिने गरेकी छन्। मंगलबार र बुधबार राष्ट्रपति भण्डारीले देखाएको भूमिकाले उनको भूमिकामाथि प्रश्न उठाएको छ।

मंगलबार भण्डारीले सरकारले अध्यादेश सिफारिस गरेको केही मिनेटमै अध्यादेश जारी गरिन्। तर, बुधबार ठिकविपरित राष्ट्रपति कार्यालयमा लामो समय कुर्दा पनि नेकपाका सांसदहरुले संसदको विशेष अधिवेशन बोलाउनका लागि समावेदन दर्ता गर्न जाँदा दर्ता नै गर्न पाएनन्। शीतल निवासको ढोकामै उनीहरु कुरेर बस्नु पर्यो।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले राष्ट्रपतिको भूकिालाई लिएर सामाजिक सञ्जालमा कटाक्ष गरेका छन्। उनले भनेका छन्, ‘आफूलाई मन परेको टीमले गोल खान लाग्यो भने पनि रेफ्रीले गोल पोस्टमा पुगेर छेक्न मिल्दैन।’

रिजालले लेखेका छन्, ‘नेताहरूबीच आरोप(प्रत्यारोप चल्छ, विवाद(बहस हुन्छ, विमति-सहमति हुन्छ। तर, संविधानले राष्ट्रको अभिभावक मानेको संस्था नै त्यस्तो वेला मैदानमा ओर्लिएपछि त्यस्तो संस्थाको मर्यादा कहॉ रहन्छ र ? आफूलाई मन परेको टीमले गोल खान लाग्यो भने पनि रेफ्रीले गोल पोस्टमा पुगेर छेक्न मिल्दैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *