अध्यादेश फिर्ता लिने नेकपा स्थायी कमिटीको निर्णय

डिसी नेपाल
१ पुष २०७७ १८:०७

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुस ५ गते बस्नेगरी सकिएको छ। बैठकले अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने निर्णय सर्वसम्मत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै श्रेष्ठले संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको समावेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकले कुनै पनि निर्णय नगरेको जानकारी गराएका थिए।

उनले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएको जानकारी बैठकमा गराएका थिए। केन्द्रीय कमिटी बैठक १० गतेसम्मका लागि स्थगित गर्ने निर्णय पनि स्थायी कमिटीले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *