चन्द समूहका ब्यूरो सदस्य पक्राउ

डिसी नेपाल
१ पुष २०७७ २२:४९

सुदूरपश्चिम । नेत्र विक्रम चन्द समूहका सेती–महाकाली ब्यूरो सदस्य गणेश ढकाललाई प्रहरीले आज पक्राउ गरेको छ ।

प्राप्त सूचनाका आधारमा कैलालीको लम्कीचुहा नगरपालिकास्थित आफ्नै घरबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए । केही महिनाअघि उक्त समूहका सेती–महाकाली ब्यूरो प्रमुख ओमप्रकाश पुनलाई पनि प्रहरीले पक्राउ गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *