थप ७७६ जनामा कोरोना पुष्टि, ९४७ डिस्चार्ज

काठमाडौं। बिहिबार नेपालमा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।
पछिल्लो २४ घण्टामा ९४७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७४९ पुगेको छ।
यस्तै हालसम्म ४४४ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment