२४ घण्टामा १६ जनाको मृत्यु, ७८२ संक्रमित

काठमाडौं। शुक्रबार नेपालमा थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार २९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७६५ पुगेको छ।
यस्तै हालसम्म ४२७ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment