सरकारी छाप र हस्ताक्षर कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
३ पुष २०७७ १७:५७

काठमाडौं । सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी गोरखा साविक ताकु गाविस २ घर भई ललितपुर बस्ने ५५ वर्षीय गोपाल बहादुर थापालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको २०७६ मंसिर ११ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद ३६ लाख रुपैयाँ जरिवाना ठहर भएका थापा फरार रहेका थिए ।

उनलाई फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले धुम्बाराहीमा फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पेश गरिएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *