अध्यादेश फिर्ता नलिएपछि प्रचण्ड–माधव थप आक्रोशित

डिसी नेपाल
३ पुष २०७७ १८:०६

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गएको बुधबारको नेकपा स्थायी कमिटी बैठकमा मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी कानून संशोधन गर्न जारी गरिएको अध्यादेश फिर्ता लिने बताए। र पार्टीले सर्वसम्मत रुपमा अध्यादेश फिर्ता लिने निर्णय गर्यो।

तर, बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा अध्यादेशबारे कुनै निर्णय भएन, उल्टै अध्यादेश बमोजिम नै बिहीबार संवैधानिक परिषद्को बैठक बोलाइयो। मन्त्रिपरिषद्मा अध्यादेशबारे निर्णय नहुनु र संवैधानिक परिषदको बैठक बोलाउनले यसअघि नै ओलीले ‘त्याग’ गर्नुपर्ने बताइरहेको प्रचण्ड–माधव समूह थप आक्रोशित बनेको छ।

शुक्रबार तत्कालिन एमाओवादीको केन्द्रीय कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा प्रचण्ड–माधव समूहले प्रदेश नम्बर १ का आफू निकट नेताहरुको भेला गरेको छ। सो भेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेृता द्वोय झलनाथ खनाल र माधवकुमार नेपाललले सम्बोधन गरे।

भेलामा सहभागी नेकपा केन्द्रीय सदस्य जगनाथ खतिवडाका अनुसार तीनैजना नेताको सम्बोधनको सार अब ओलीबाट पार्टी र देश नचल्ने भन्ने थियो। तीनजना नेताको भनाई उद्धृत गर्दै नेता खतिवडाले डिसी नेपालसँग भने, ‘पार्टी जोगाउनका लागि संघर्ष गरिरहेको छौं, ओलीलको व्यक्तिवादी सोँच र एकलकाँटे निर्णयले यो अप्ठ्यारो आएको हो। यसरी नै ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीमा यथावत राखेर देश पार्टीलाई सिध्याउने कि अगाडि बढ्ने भन्ने प्रश्न हाम्रा अगाडि उभिएको छ।’

तीन जना नेताले भेलामा ओलीको तिब्र आलोचना गरेका थिए। अध्यादेश फिर्ता लिने निर्णय गरेर पनि फिर्ता नलिएपछि नेताहरुमा आशंका जन्मिएको खतिवडाको भनाइ छ। उनले भने, ‘आफ्नै अध्यक्षतामा बसेको पार्टीको बैठकले गरेको निर्णय कार्यान्वयन नगर्ने हो भने त, केही भन्न नै सकिएन नी। यो त पराकाष्ठा नै हुन्छ।’

भेलामा प्रचण्डले अब नेकपामा पूर्व माओवादी र पूर्व एमाले भन्ने चिन्तन र सोँच नै नरहेको बताएका थिए। उनले अब सबै मिलि सकेकाले पूरानै कुरा उठाउन नहुने बताएका थिए। उनले पूर्व एमाले र पूर्व माओवादीको कुरा गर्नु पश्चगमन हुने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *