प्रधानमन्त्रीलाई हटाउने भन्ने भएको छैन : पाण्डे

डिसी नेपाल
४ पुष २०७७ १७:२५

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले पार्टीभित्रको विवाद हल हुने र पार्टी एकताबद्ध ढंगले अघि बढ्ने दाबी गरेका छन्। उनले नेताहरुबीच सघन छलफल तथा वार्ता भैरहेकोले विवाद छिट्टै हल हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पारे।

रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने,‘हामी पार्टी विवाद मिलाउनका लागि समन्वय गरिरहेका छौं। यसअघि पनि गरेकै हो। विवाद मिलाउनका लागि हामी कोशिस गरिरहेका छौं। मुख्य कुरा पार्टीलाई विधि/पद्धती ढंगले चलाउन लागेका छौं। विधि र पद्धती कायम गर्दै अग्रगमन कायम गर्दै अघि बढ्ने कुरा मुख्य कुरा हो। नेताहरुबीच कुरा मिल्छ। पार्टीभित्र विवादका घट्ना धेरैपटक भैसकेको छ। यो घट्ना पनि साम्य हुन्छ।’

उनले भने, ‘पार्टी विभाजनको कसैको चाहना होला, तर पार्टी चाहीँ विभाजन हुँदैन्। तर, विश्वास गरौं पार्टी विभाजन हुँदैन्। अध्यक्षद्वय ओली र दाहालबीच सम्झौता हुने मात्रै होईन, सबै नेताबीच सहमति हुन्छ। छलफल र सम्वाद जारी छ। प्रधानमन्त्री हटाउने कुरा भएको छैन्।’

उनले संविधान कार्यान्व्यन भैसकेको अवस्था सुनाउँदै अब मुलुकलाई एउटा नयाँ दिशामा लैजानुपर्ने बताए। स्थायित्व दिँदै मुलुकको समृद्धिमा लाग्नुपर्ने आम जनताको चाहना रहेको उल्लेख गर्दै पाण्डेले भने, ‘नेकपालाई जनताले स्थिरतको लागि मत दिए, मुलुकलाई अघि बढाउने सवालमा नेकपालाई मत दिएका हुन्।

पार्टीको आन्तरिक जीवनमा केही केही असमाञ्जस्यता देखिए। जति बाहिर विवाद उठाईएर आएको छ, समाप्तै हुने अवस्था सिर्जना गरिएको छ, त्यो होइन। एक त सामाजिक सञ्जालमा पार्टीमा विवाद भएको भन्दा बढि प्रचार गरिएको छ। प्रचार गरेको मुख्य कारण चाहीँ संविधानलाई नस्विकारेको संख्याले गरिराखेको छ, संविधान नै गलत हो भन्ने प्रमाणित गर्न सानो कोशिस भएको छ। कम्युनिष्ट सरकारका नबनोस भन्ने चाहानेहरुले पनि यो खालको प्रचार गरेका छन्। सानो/सानो समूह र झुण्डहरु गणतन्त्रको विरुद्धमा नारा लगाएका छन्, राजतन्त्र यो देशमा फर्किँदैन्। धमिलो पानीमा माछा मार्ने काम नगरे हुन्छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *