संसद विघटन : बामदेवको समर्थन न विरोध

डिसी नेपाल
५ पुष २०७७ १२:३५

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेसँगै चौतर्फी विरोध र आलोचना सुरु भएको छ।

सबै दलले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न आकस्मिक बैठक बोलाएका छन् भने कतिपय नेताहरुले सामाजिक संजालमार्फत प्रधानमन्त्रीको कदमको विरोध गरेका छन्।

तर सत्तारुढ दल नेकपाका उपाध्यक्ष बामदेव गौतमले भने संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिसको न विरोध न समर्थन गर्ने जनाएका छन्। गौतम प्रधानमन्त्रीले गरेको संसद विघटनको सिफारिसलाई पर्ख र हेरको अवस्थामा रहेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए।

‘प्रधानमन्त्रीले संसद विघटनका लागि गरेको सिफारिसलाई उहाँले –गौतम० ले न विरोध न समर्थन गर्नु भएको छ,’ सुवेदीले डिसी नेपालसँग भने, ‘अहिले उहाँ पर्ख र हेरको अवस्थामा हुनुहुन्छ।’

प्रधानमन्त्री ओलीले आइतबार विहान मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संसद विघटन गर्ने सिफारिस गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *